
चुप लागेर बस,केटी जस्तो नरुनु,
दह्रो भएर बाँच्नु सिक,
यही सबै सुन्दैआएका छौं हामी पुरुष जातिले युग युग देखि
घर छोडेर, दिदीको भाई ,बहिनीको दाजु
अनि समाजको नज़रमा एक बलात्कारी,
हो यही सत्य हो।
वास्तवमा त ति समाजका राक्षस केही मात्र छन् त।
तर बात लाग्छ हामी सम्पूर्ण पुरुष जाति माथी!
देशको कुनै एक भागमा एउटी अबला नारी हुन्छे
ति राक्षसको शिकार,
तर बदनामीको पात्र हुन्छौं हामी सबै पुरुष जाति
सामाजिक संजालमा पनि पुरुष जाति कै चर्चा र बदनामी।
घरमा आमा, दिदी, बहिनी छैनन् ?
के यो संसार पुरुषको मात्रै हो ?
तिमीहरू पुरुष को मा हृदय छैन ?
इत्यादि प्रश्न ले हत्तु र हैरान पारेको छ यो छोराहरुको मन ।
अब त त्यस्तो घटना भएको खण्डमा
मलाई अाफ्नो घर देखि बाहिर निस्कनु पनि डर लाग्न थालेको छ
कि कतै नारी आंदोलनको चपेटमा त आईनदैन कि भनेर?
के मलाई पनि ति बलात्कारी संग तुलना गर्दै होलान् कि भनेर ?
अब त मनमा एउटा डरको सानो कोठाको निर्माण भएको छ र त्यो अँध्यारो कोठाको ढोका
एक स्त्रीको चिच्च्याहट्को वाणी संग खुल्ने गर्छ,
एउटा डरको साम्राज्य उत्त्पन्न भएको छ ,
चारैपटी बाट समाजको कुरा र श्रापले घेर्छ ,
आँखा अगाडि अँध्यारो छाए झैं लाग्छ ,
शरिर कामे झैं लाग्छ ,
शरिरको तापमान बड्नु थाल्छ,
चिच्च्याउन मन पर्छ, कराउन मन पर्छ,
तर त्यो सबै एक समय चक्रको खेलमा परिवर्तन भएर फेरि त्यो समाजको अति तितो वाक्य मेरो कानमा एक वाणी उच्चारण गरेर जान्छ
“चुप लागेर बस
केटी जस्तो नरुनु
दह्रो भएर बाच्नु सिक "॥
No posts
No posts
No posts
No posts
Comments