
एउटा भुस्याहा कुकुर बिच बाटोमा
थर थर कामिरहेछ पुसको जाडोमा
कसैले सहारा दिँदैन निर्दयी यस सहरमा
एक्लै कुइँकुइँ कराउँछ मध्यरातमा
त्यहि मध्ये रातमा अचानक
भुस्या कुकुरका छाउराहरु कराउन थाल्छ
खोक्रो आमाको स्तनमा मुख गाड्छ
एक थोपा दुध न आउदा सबै डाको छाड्छ
त्यही मध्ये रातमा अचानक
एउटा लावारिस बालक
अगुल्टो बोकेर कराउन थाल्छ
चोक बजारको अन्धकारलाई चिर्दै
आफूभित्रका सम्पूर्ण कुण्ठलाई चिर्दै
गरिबि र बेसहाराहुनुको बाध्यतालाई चिर्दै
त्यहि मध्यरातमा अचानक
एउटा गरिब र अवहेलित बृद्ध ,
युगौ युग पिल्सिएको घाउमा
अलिकति नुन चुक र खोर्सानी थप्छ
अलिकति दुख र बेदना पोख्छ
अलिकति क्षय रोगको किटानु खोक्छ
एउटा अनन्त गरिबीको व्यथा पोक्छ
तर त्यस मध्ये रातमा अचानक
कुनै मसिहा आउदैन उसको दुख बुझ्ने
कुनै न्यानो हात आउदैन उसको आशु पुछ्ने
चारै तिरबाट मात्र आउछ ब्वासका हुंकार
उसको मासु लुछ्न, उसको रगत चुस्न
उसको अस्तित्व मेट्न
तर कोहि आउदैन
त्यो घोर अन्धकारलाई चिर्न
त्यहाको दुख र बेदनालाइ बुझ्न
No posts
No posts
No posts
No posts
Comments