
Share0 Bookmarks 68 Reads0 Likes
जब जीवनले घातक हमला गर्छ
म शब्दका सुरुङ्गहरुभित्र छिर्छु
खामिन्छु शब्दका आवरणहरुभित्र
कुनै बेवारिसे चिठ्ठीझैं
ठेगानावीहीन
खसाल्छु मनलाई शब्दहरुको हुलाकघरमा
पुग्नेहो कुन ठेगानामा
थाह लाग्दैन
भिज्दैभिज्दै बुढो हुलाकीको पुरानो झोलाभित्र
कुन घरको ढक्ढकाउने हो ढोका
थाह लाग्दैन
तर हराउँछु शब्दका जुनेली साँझहरुमा
र सुरक्षित महसुस गर्छु
मौन छन् जीवनका धूनहरु
म जीवनभरी सितारझैं बजिरहन चाहन्छु
असुरक्षित छन् जीवनका लहरहरु
मा जीवनभरी नदीझैँ बगिरहन चाहन्छु
अन्यत्र जहाँकहीं पनि हार्ने सम्भावना छ
हार्छु
र शब्दका ट्रेन्चहरुभित्र टाउको लुकाएर
म जीवनका आक्रमणहरुलाई परास्त गर्छु
हाजारौं दुःखहरुमा पनि
मलाई जीवनको यातना प्रिय छ
हजारौँ सुखहरुमा पनि
मलाई जीवनको यातना प्रिय छ
जब जीवनले घातक हमला गर्छ
मा शब्दका सुरुङहरुभित्र छिर्छु !
No posts
No posts
No posts
No posts
Comments