हजार वर्षको निद्रा - भूपिन ब्याकुल's image
Nepali Poetry1 min read

हजार वर्षको निद्रा - भूपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 53 Reads0 Likes

एउटा जीवन

म हजारौं वर्ष सुतिसकेको छु

अब ब्युँझन चाहन्छु निद्राबाट !

मानिसलाइ कोक्रोमा हालेर

लोरी गाउँछ बुद्ध

ब्युँझाउने भनेर

बुद्धले पनि मलाई सुताएर गएको छ

हिंड्दाहिंड्दै

सपना देख्न सिकेको छ मान्छेले

झन इश्वरले त

निदएरै सपना देख्न सिकाएको छ

पुस्तकका चिसा पृष्ठहरुभित्र

पुतलीहरु च्यापिएझैँ

म च्यापिएको छु

दर्शनका बोझिला किताबहरुबिचमा

र मस्त निदाएको छु जीवनभरी

ब्युँझने सपना देखेर !

ब्यूँझन चाहन्छु म

हजारौ वर्षको गाढा निद्राबाट !

No posts

Comments

No posts

No posts

No posts

No posts