अन्तिम हस्ताक्षर - भूपिन ब्याकुल's image
Nepali Poetry1 min read

अन्तिम हस्ताक्षर - भूपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 172 Reads0 Likes

यो निर्दयी इश्वरले

के लेख्छ मेरो निधारभित्र

सिस्मोग्राफ ?

त्यहाँ त एउटा प्रिय हस्ताक्षर छ

अरुले गरिदिएको

डाक्टरहरुले सुनून्

मेरो मुटुको कालजयी सङ्गीत

र जानून्

कार्डियोग्राफमा जे देखिन्छ

त्यो उसैको अन्तिम हस्ताक्षर हो

उसले आवेशमा गरिदिएको

जीवनको सादा चेकबुकमा

मैले त्यही हस्ताक्षर चलाएको छु

जीवनका ठूला निर्णयहरुमा

मैले त्यही हस्ताक्षर गरिदिएकोच छु

लाग्छ म स्वयम्

उसले गरिदिएको एउटा हस्ताक्षर हुँ !

मेरो मृत्युपछि

मेरो निधार र मुटु

संग्रहालयमा राखियोस्

कुनै पुरातात्विक बस्तुझैं

र लेखियोस क्याप्सनमा

‘ यो एउटा अराजक

प्रेमीको नमुना मुटु हो

एउटा हस्ताक्षरले चलेको ! ‘

मेरो मृत्युपछि

देखोस् कसैले मेरो मुटुमा

आफ्नो हस्ताक्षर !

No posts

Comments

No posts

No posts

No posts

No posts