अँध्यारोको मौनतामा - भूपिन ब्याकुल's image
Nepali Poetry1 min read

अँध्यारोको मौनतामा - भूपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 178 Reads0 Likes

अँध्यारोको मौनतामा

केहो पनि नचिन्न अभिशप्त भएको बेला

सिर्फ बोलिदिनु तिमी

म तिम्रो आवाजलाई चिन्नेछु !

अँध्यारोमा

बगिरहेको नदी देखिनेछैन

तर नदीको आवाज सुनिनेछ

अँध्यारोमा

रोइरहेका मानिसहरु देखिनेछैनन्

तर रुवाइको आवाज सुनिनेछ !

अँध्यारोमा

जीवन

प्रेमभोक

र पीडाका संवादहरु निर्लिप्त भएको बेला

अँध्यारोमा

एकअर्कालाई चिन्न असमर्थ भइरहेको बेला

एकअर्कालाई बुझ्न असमर्थ भइरहेको बेला

बाँच्ने विकल्प केहि नरहेको बेला

सिर्फ बोलिदिनु तिमी

म तिम्रो आवाजलाई पछ्याउनेछु !

अँध्यारोको मौनतामा

आवाजहरुमात्र विकल्प रहनेछन हामीसंग

आँफूलाई चिनाउन !

No posts

Comments

No posts

No posts

No posts

No posts